काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध दायर गरेको रिट सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको छ ।
लामिछानेको रिट इजलासको पहिलो नम्बरमा छ । यही चैत २२ गते उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशपछि चैत २२ गते नै प्रहरीको नियन्त्रणमा पुगेका लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् ।
२९ चैतमा लामिछानेले आफूलाई थुनामा पठाउने आदेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।