मन्त्री मण्डल पुनर्गठन प्रति बाबुराम भट्टराईको आपत्ति

मन्त्री मण्डल पुनर्गठन प्रति बाबुराम भट्टराईको आपत्ति

काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले मन्त्री मण्डल पुनर्गठन गरेको प्रति आपत्ति जनाएको छन् । सत्ता साझेदारसमेत रहेका भट्टराईले गोरखा सदरमुकाममा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै सरकार पुर्नगठन गर्ने अधिकार प्रधानमन्त्रीमा निहीत भए पनि सत्ता साझेदार दलहरुसँग छलफल नगरी एकलौटी गरेको आरोप लगाए ।

प्रधानमन्त्रीले बुधबार मन्त्रीमण्डल पुर्नगठन गरी समाजवादीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय पनि परिवर्तन गरेका थिए । यसअघि उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवसँग सल्लाह नै नगरी कानून मन्त्रालयको जिम्मेवारी दिएको नेता भट्टराईको आरोप लगाए ।