काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई)ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा ११६ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।
“पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” मंगलबार परराष्ट्रले एक विज्ञप्तिमार्फत भनेको छ ।
नेपालीलाई यूएईले दिएको आममाफीलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्रले जनाएको छ । यूएईको अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले अनुरोधमा उनीहरूलाई आममाफी दिइएको परराष्ट्रले जनाएको छ । यस्तै, यसअघि कतारले पनि रमजान र इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको थियो । आममाफी दिएकोमा परराष्ट्र मन्त्रालयले आभार व्यक्त गरेको थियो ।