कार्यक्रमस्थल छाडेर सुटुक्क हिँडे दुर्गा प्रसाईं

कार्यक्रमस्थल छाडेर सुटुक्क हिँडे दुर्गा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनर्स्थापना आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं कार्यक्रमस्थल छोडेर हिँडेका छन् ।

आन्दोलनकारी उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त छ । निजी सम्पत्तिमा आक्रमण नगर्न आग्रह गर्दै उनी तीनकुनेबाट बीएबी ४२०८ नम्बरको निजी गाडीमा चढेर निस्किएका हुन् । यससँगै राजावादीको कार्यक्रम बिथोलिएको छ ।

तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।