राजावादी समूहले खोसे सुरक्षाकर्मीको बन्दुक

राजावादी समूहले खोसे सुरक्षाकर्मीको बन्दुक

काठमाडौँ । काठमाडौं । तीनकुनेमा राजावादीको प्रदर्शनले उग्र बनेको छ । प्रदर्शनकारीले प्रहरीले अश्रुग्यास प्रहार गर्ने बन्दुकसमेत खोसेका छन् ।

राजावादी समर्थकलाई प्रदर्शन गर्न प्रशासनले तीनकुने क्षेत्र तोकेको थियो । तर, प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर बानेश्वतर्फ अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

प्रहरीले रोकेपछि प्रदर्शनकारीले उनीहरूमाथि नै ढुङ्गामुढा प्रहार गरेका थिए । प्रहरीमाथि आक्रमण हुन थालेपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो । प्रदर्शनकारीले व्यक्तिको घरमा ढुंगामुढा गर्नुका साथै आगजनी पनि गरेका छन् ।