तीनकुने बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार

तीनकुने बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार

काठमाडौँ । प्रहरीले तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ । सुरक्षा निकायले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले झन्डै ४–५ सेल अश्रुग्यास प्रहार गरेको थियो । यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेका थिए । तर, प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए ।