राजावादी र गणतन्त्रवादीको प्रदर्शनमा २५ सय प्रहरी खटाउने तयारी

राजावादी र गणतन्त्रवादीको प्रदर्शनमा २५ सय प्रहरी खटाउने तयारी

काठमाडौँ । राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनलाई लक्षित गरेर साढे दुई हजारभन्दा धेरै प्रहरी खटाइने भएको छ । भोलि (चैत १५ गते) हुने प्रदर्शनलाई हेरेर थप सुरक्षाकर्मी खटाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

“भृकुटीमण्डप र तीनकुनेमा हुने प्रदर्शनलाई लक्षित गर्दै ट्राफिक प्रहरीबाहेक दुई हजार ५०० बढी प्रहरी खटाउने योजना तयार छ । प्रदर्शनकारीको ‘सिन’ हेरेर आवश्यकताअनुसार थप पनि हुन सक्छ । त्यसका लागि प्रहरी संयन्त्र स्ट्यान्डबाई छ,” उनले भने ।

त्यस्तै, ट्राफिक प्रहरीतर्फ एक हजार ८०० जना आलोपालो तैनाथ हुँदै छन् । गणतन्त्रवादीहरूले भृकुटीमण्डप र राजावादीहरूले तीनकुनको आन्दोलत गर्ने तय भएको छ । आन्दोलनका कारण बिहानैदेखि उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्ने ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।

समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितले भृकुटीमण्डपमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध ११ बजेदेखि प्रदर्शन गर्दै छन् । उतका दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ले काठमाडौंको तीनकुनेमा १ बजेदेखि कार्यक्रम गर्दै छ ।