७ प्रमुख सेनानी महासेनानीमा बढुवा, को को समेटिए ?

७ प्रमुख सेनानी महासेनानीमा बढुवा, को को समेटिए ?

काठमाडौँ । नेपाली सेनामा रिक्त ७ जना महासेनानीमा बढुवा गर्ने निर्णय भएको छ। मन्त्रिपरिषद बैठकले प्रमुख सेनानीबाट ७ जनालाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको हो। 

महासेनानीमा बढुवा हुनेमा विजय बस्नेत, प्रदीप थापा, कन्चनकृष्ण बस्नेत, जीवन शर्मा, प्रज्वल थापा, विकास केसी र चन्द्रशेखर काप्री रहेका छन्। 

पटक पटक गरी महासेनानीहरु सहायक रथीमा बढुवा भएपछि रिक्त स्थानमा उनीहरुलाई बढुवा गरिएको हो।

अब प्रधानसेनापतिले दर्ज्यानी चिह्न प्रदान गरेसँगै उनीहरूको पदस्थापन हुनेछ।