कर्मचारी समायोजनको समस्या समाधान चाँडै गर्छु : हृदयश त्रिपाठी

कर्मचारी समायोजनको समस्या समाधान चाँडै गर्छु : हृदयश त्रिपाठी

काठमाडौं : नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताए ।

आज पदभार ग्रहण गर्दै उनले अहिलेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या रहेको बताउँदै त्यसलाई सच्याउनुपर्ने महसुस आफूले गरेको बताए । संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्ने बताए ।

उनले स्थानीय तहमा सामाजिक सुरक्षाको रकमसमेत अर्को शीर्षकमा लगेको पाइएको भन्दै त्यसमा पारदर्शिता ल्याउन आफूले प्राथमिकता दिने पनि बताए ।