काठमाडौँ । पाटन उच्च अदालतले चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो ।
चैत ५ गते हुने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूकोबीच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिले चैत ८ गतेका लागि नयाँ मिति तय गरेका थिए।
यसमा अदालतले रोक लगाएपछि त्रिवि निर्वाचन अन्योलमा परेकोछ ।
