काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १३ जनाको सरुवा गरेको छ। बुधबारको निर्णयअनुसार गृह मन्त्रालयलले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गर्दै सरुवा तथा पदस्थापनको सूची सार्वजनिक गरेको हो।
उपसचिवबाट सहसचिवमा बढुवा भएका दिलकुमार तामाङ कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्। त्यहाँ कार्यरत विश्वप्रकाश अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई पर्वतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा जगदिश्वर उपाध्याय, नवलपरासीमा भविश्वर पाण्डे, बागलुङमा कुमानसिंह गुरुङ, उदयपुरमा प्रेमप्रसाद लुइँटेल र अछाममा आनन्द सारुलाई पदस्थापन गरिएको छ। अछाममा कार्यरत शिवप्रसाद लम्साललाई गृह मन्त्रालय वा मातहतमा सरुवा गरिएको छ।
