नेपालमा छिटै राजतन्त्र फर्किन्छ : बाबा कालीदास

नेपालमा छिटै राजतन्त्र फर्किन्छ : बाबा कालीदास

काठमाडौँ । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रूपमा राजा देशलाई आवश्यक भएको बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले 'धर्मराज युधिष्ठिर र भगवान् रामको जस्तो त्याग' गरेको बताए । उनले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको पनि बताए । राजा आउने वा नआउने विषयमा जनताले चाहनामा भर पर्ने उनको भनाइ छ । अहिले नागरिकमा जनशक्ति जागेको र छिट्टै नै राजतन्त्र फर्किन सक्ने उनको भनाइ छ ।

भारतीय सञ्चारमाध्यम र नेपालका सञ्चारमाध्यमले पनि राजततन्त्रबारे वकालत गर्ने गरेको भन्दै उनले छिट्टै राजतन्त्र फर्किने बताए ।