प्रचण्डको तस्बिर  जलाउने राप्रपा नेता पक्राउ

प्रचण्डको तस्बिर  जलाउने राप्रपा नेता पक्राउ

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई पक्राउ गरेको हो । 

शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा  बमले प्रचण्डको आलोचना गर्दै तस्बिर  जलाएका थिए ।  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको तस्बिर जलाएका हुन् । 

बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर र भाइमाराको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएपछि  राजावादी दल राप्रपाले विरोध गर्दै आएको छ ।