पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं प्रस्थान गरेका छन् । उनलाई पोखरा विमानस्थलमा समर्थकहरुले भव्य बिदाई गरे ।
पोखरामा निजी भ्रमणका क्रममा लामो समयका बिताएपछि पूर्वराजा आज काठमाडौं फर्किन लागेका हुन् । समिट एयरको चार्टर जहाजमार्फत उनी आउँदैछन् ।पोखरा विमानस्थलमा पूर्वराजालाई बिदाई गर्न समर्थकको भिड लागेको थियो ।
उनलाई पञ्चेबाजा बजाएर बिदाई गरियो । समर्थकले राजसंस्थाको समर्थनमा नाराबाजी समेत गरे । पूर्वराजा दुवोको माला लगाएर निस्किएका छन् । संस्कृतिविद् डा. जगमान गुरुङ पनि पूर्वराजालाई बिदाई गर्न विमानस्थल पुगेका थिए । काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गर्ने तयारी गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भइसकेका छन् ।