एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। पार्टी हेडक्वाटरमा बसेको सचिवालय बैठकमा समसायिक राजनीतिक अवस्था, सरकारको कामका बारेमा समीक्षालगायतका विषयमा छलफल हुनेछ।

बैठकमा सरकारले जारी गरेर  संसदमा दर्ता भएका अध्यादेश पारित गराउन अध्यादेशका बारेमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयमा ब्रिफिङ गर्ने कार्यसूची रहेको छ।

सरकारले ल्याएको उक्त अध्यादेश सरकारमै रहेका दलहरूको असहयोगका कारण राष्ट्रियसभामा बहुमत नहुँदा अघि बढ्न सकेको छैन। सरकारले जारी गरेका ६ वटा अध्यादेश फागुनको तेस्रो साता संसदमा पेश गर्ने तयारी छ।

एमालेको जनसंगठनको पदाधिकारी संख्या घटाउने विषयमा पनि छलफल हुने बताइएको छ। चैत महिनाभित्र सबै जनसंगठनको अधिवेशन सक्नुपर्ने पार्टीले निर्देशन दिएको छ।