काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा सम्बोधन गर्न प्रधानमन्त्री ओली पुगेका छन् ।
सोही कार्यक्रममा विरोध गर्ने भन्दै केही युवाहरूले सामाजिक सञ्जालमार्फत सूचना लेखेका थिए । सो सूचना पाएपछि अहिले चार जनालाई ‘होल्ड’ मा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । ‘अहिले हामीले चार जनालाई होल्डमा राखेका छौं,’ उनले भने ।
प्रहरी नियन्त्रणमा रहेनमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन् । प्रधानमन्त्री ओलीले मेडिकल कलेजमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन् ।