झापाबाट सुरु भयो माओवादीको जागरण अभियान

झापाबाट सुरु भयो माओवादीको जागरण अभियान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को 'जनतासँग माओवादी तराई मधेस जागरण अभियान' सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा अभियानको उद्घाटन गरेका हुन् ।

झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर सकिनेछ । अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका नेता कार्यकर्ता परिचालित हुने माओवादीले जनाएको छ । माओवादीका अनुसार, केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहनेछ । स्थानीय टोली एक महिनासम्म पूर्णरूपमा परिचालित हुनेछन् ।

गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार, अभियान सुरु भएको हो । अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुनेछ ।

अभियान तालिका

कोसी प्रदेश
झापा – फागुन १२ गते
मोरङ –  फागुन १३ गते
सुनसरी  – फागुन १५ गते

मधेस प्रदेश
सप्तरी – फागुन १६ गते
सिरहा – फागुन १७ गते
धनुषा – फागुन १८ गते
महोत्तरी – फागुन १९ गते
सर्लाही – फागुन २१ गते
रौतहट – फागुन २२ गते
बारा – फागुन २३ गते
पर्सा – फागुन २४ गते

वाग्मती प्रदेश
चितवन– फागुन २५ गते

गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व) – फागुन २६ गते

लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन – २७ गते
रूपन्देही – फागुन २८ गते
कपिलवस्तु – चैत २ गते
दाङ – चैत ३ गते
बाँके – चैत ४ गते
बर्दिया – चैत ५ गते

सुदूरपश्चिम प्रदेश
कैलाली – चैत ६ गते
कञ्चनपुर – चैत ७ गते