शिवरात्रीका लागि पशुपति आइपुगे नागाबाबाहरू (फोटो फिचर)

शिवरात्रीका लागि पशुपति आइपुगे नागाबाबाहरू (फोटो फिचर)

काठमाडौँ । महाशिवरात्रिको नजिकिएसँगै छिमेकी मुलुक भारत सँगै नेपालका विभिन्न ठाउँबाट नागाबाबा काठमाडौँ आउन थालेका छन् ।

सोही अवसरमा आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पदा सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्प्रदायका बाबाहरू आउने गर्छन् ।

अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनहरूको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिमा लागि व्यवस्थापनलाई तीव्रता दिएको छ ।