पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा आंशिक  बदलीदेखि  मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा भने हुस्स लागेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ। कोशी ,बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राती देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ। कोशी ,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र जनजीवन प्रभावित हुनसक्ने भन्दै महाशाखाले आवश्यक उपाय  तथा सतर्कता अपनाउन आग्रह समेत गरेको छ।