ओलीविरुद्ध बालेनको कटाक्ष : प्रधानमन्त्रीज्यू, नेपाली भएर बाँच्ने आधार त दिनुस्

ओलीविरुद्ध बालेनको कटाक्ष : प्रधानमन्त्रीज्यू, नेपाली भएर बाँच्ने आधार त दिनुस्

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कटाक्ष गरेका छन्। 

शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री ओलीसँग आफूलाई नेपाली भएर बाँच्ने आधार दिन अनुरोध गरेका हुन्। 

उनले लेखेका छन्, प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले  भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्।’