पाथीभरा केबलकारको विरोधमा राजेन्द्र महतोले गरे पदयात्रा

पाथीभरा केबलकारको विरोधमा राजेन्द्र महतोले गरे पदयात्रा

फुङ्लिङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मन्दिरसम्म मुकुम्लुङ केबलकार विरोधी पदयात्रा गरेको छन् । पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए ।

मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोधमा पदयात्रा गरिएको नेता केशव झाले बताए । सहभागीहरूले उक्त परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए । उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

राजेन्द्र महतोले पदयात्राबारे भने, ‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य हुने छैन । जबसम्म केबलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ ।’

उनले सरकारलाई सचेत गराउँदै केबलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन् । राज्यले नागरिकका आवाजलाई नसुनिएको खण्डमा आन्दोलन थप सशक्त बनाइने चेतावनी दिए ।