काठमाडौं । सरकारले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेर त्यहाँ कार्यरत सचिव शर्मालाई आयोगमा सरुवा गरेको हो । अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ ।
बैठकले लुम्बिनी प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेर सोही प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने विभिन्न निकायमा कार्यरत १७ जना सहसचिवको सरुवा गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनमा बैठकले सजाय, माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ खारेज गरेको देखि बीमा नियमावली, २०८१ स्वीकृत गरेकोसम्म जानकारी गराए ।