काठमाडौँ आइपुगिन् बेलायती राजकुमारी सोफिया

काठमाडौँ आइपुगिन् बेलायती राजकुमारी सोफिया

काठमाडौँ । बेलायती राजकुमारी सोफिया नेपाल आइपुगेकी छन् । उनी  राजकुमार एडवार्डकी श्रीमती हुन् । 

मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् । राजकुमार एडवार्ड पनि आजै नेपाल आउँदैछन् ।  केही समयपछि उनी काठमाडौँमा अवतरण हुने बताइएको छ । 

राजकुमार दिल्लीबाट र राजकुमारी लण्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ ।   ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फर्किने कार्यक्रम छ ।