बालिका यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर

बालिका यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर

काठमाडौँ । बालयौन दुरुपयोगको आरोपमा पक्राउ परेर छुटेका मदन राईलाई जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ । 

जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीपकुमार भट्टराईका अनुसार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ १० गते दोषी ठहर भएका हुन् ।

शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईले सोही फाउन्डेसनमा अध्ययनररत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । दोषी ठहर भएका उनको सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ । राईलाई तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्छ ।