न्यूनचापीय प्रणाली नेपाल प्रवेश

नेपाल प्रवेश गर्‍यो न्यूनचापीय प्रणाली, आज रातिदेखि चिसो बढ्ने सम्भावना

नेपाल प्रवेश गर्‍यो न्यूनचापीय प्रणाली, आज रातिदेखि चिसो बढ्ने सम्भावना

काठमाडौँ । तीन दिनदेखि ह्वात्तै बढेको काठमाडौं उपत्यकासहित देशभरको तापक्रम बिहीबार रातिदेखि घट्ने सम्भावना छ।

मौसमविद् विनोद पोखरेलले बिहीबार रातिदेखि तापक्रम घट्ने हुँदा चिसो बढ्ने बताए। उनका अनुसार शुक्रबार दिउँसो तापक्रम घट्ने देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले केही दिनयता अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए। लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेका कारण तापक्रम बढेको उनले जानकारी दिए।

‘त्यसको पनि असरले तापक्रम बढेको छ। अब तापक्रम बढ्ने समय पनि हुन लाग्यो,’ उनले भने। न्यूनचापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्ने उनले बताए।

‘यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने बढ्दैन,’ उनले भने।

विभागले बुधबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौंको अधिकतम तापक्रम २४।६ डिग्री सेल्सियस पुगिसकेको छ। न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको  । यसपालि काठमाडौंको तापक्रम दुई डिग्रीसम्म झरेको थियो। बुधबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ। २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ। बुधबार न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ।