काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
चिसोका कारण ओलीको घाँटीमा समस्या आएको उनको सचिवालय स्रोतले जनाएको छ । उनी आराम गरिरहेकोले बुधबारको पूर्वनिर्धारित कार्यक्रम रद्द गरिएको बताइएको छ ।
बुधबार हल चोकमा आयोजना भएको २४औं सशस्त्र प्रहरी दिवसमा प्रधानमन्त्री ओली सहभागी हुने तय भएको थियो । तर, उनी त्यहाँ नजाने भएका छन् ।