वार्ता टोलीसहित माधव नेपाल र वामदेव गौतमबिच भेटवार्ता, कहिले हुँदैछ एकता ?

वार्ता टोलीसहित माधव नेपाल र वामदेव गौतमबिच भेटवार्ता, कहिले हुँदैछ एकता ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबिच छलफल भएको छ । 

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दुई नेतासहित दुवैतर्फका वार्ता टोली सदस्यहरू सहभागी छन् । 

छलफलमा अध्यक्ष नेपालसहित उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटालगायत रहेका छन् । 

यसअघि पुस ४ गते गौतम निवासमा नेपाल र गौतमबिच वार्ता भएको थियो भने पुस १५ गते एकीकृत समाजवादीको कार्यालयमा वार्ता भएको थियो । उक्त वार्तामा अभियानका तर्फका नेताहरूको व्यवस्थापनबारे छलफल भएको थियो ।

पार्टी एकतामा विलब्ब गर्न नहुनेमा दुबैपक्षका नेता सहमत भएको बताइएको छ ।