काठमाडौँ : नेपाली कांंग्रेसले सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताका लागि उप निर्वाचन अवसर भएको बताएको छ । आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताको हातमा अवसर आएको बताएका हुन् ।
नेकपा नेतृत्वको सरकारमा अधिनायकवादी आकाङ्क्षा भए पनि काँग्रेस रहेसम्म पूरा हुन नदिने प्रवक्ता शर्माले बताए । शर्माले नेकपाले आफ्ना कार्यकर्तालाई नवमण्डले बनाउन खोजेको पनि आरोप लगाए । मंसिर १४ गतेको उपनिर्वाचनको मतपरिणामले सरकार नबदले पनि सरकारको शैली बदल्न सहयोगी हुने शर्माले बताए ।