कालिकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कालिकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । कालिकोटको ओडानकु केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । गत पुस ११ गते पनि जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । पश्चिम नेपालमा लगातार भूकम्प जान थालेपछि स्थानीयहरू त्रसित हुँदै आएका छन् ।