भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएकोमा  गहिरो शोक व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री  सिंहको निधनमा दु:ख व्यक्त  गरेका हुन्।

नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्दै  नेतासिंहसँगको आफ्नो तस्बिर पनि प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका छन्। 'मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री,प्रतिष्ठित अर्थशास्त्री,मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । 

नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन्। पूर्वप्रधानमन्त्री सिंहको  बिहीबार दिल्लीमा निधन भएको हो।