काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसेमुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ ।
नौबिसे(मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७ पुसदेखि १३ पुससम्म सवारीसाधनहरू आंशिक बन्द हुने जिल्ला ट्राफिक कार्यालय धादिङले एक सूचनामार्फत जनाएको छ ।
पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी(बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने र मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिने छ ।
यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।
उक्त सवारीसाधनलाई दिउँसो २ बजेपछि मात्रै छोडिने बताइएको छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुने बताइएको छ ।