काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका निम्ति नेपाली राजदूत नियुक्त गरेका छन् ।
सरकारको सिफारिसमा बुधबार उनले डा. शंकरप्रसाद शर्मालाई भारतका निम्ति नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका निम्ति नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।
“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकरप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि र डा। नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।