धावन मार्गमा कुकुर दौडिएपछि श्री एयरको जहाज ओभरसुट

धावन मार्गमा कुकुर दौडिएपछि श्री एयरको जहाज ओभरसुट

सुर्खेत। सुर्खेत विमानस्थलको रनवे (धावनमार्ग) मा कुकुर दौडिएपछि काठमाडौंबाट गएको एउटा जहाजलाई आपत् आइलागेको छ ।

काठमाडौंबाट सोमबार मध्यान्ह उडेको श्री एयरको कलसाइन ९एन १२२ को जहाज सुर्खेत विमानस्थलमा अवरण गर्ने बेला रनवेमा कुकुर दौडिएको थियो ।

सोमबार दिउँसो सवा १ बजे अवरतणका लागि तम्तयार भएर एयरपोर्ट क्षेत्रमा जहाज पसिसकेको अवस्थामा रनवेमा कुकुर दौडिन थालेको थियो । रनवेमा कुकुर दौडिएपछि अवतरण गर्न लागेको श्री एयरको जहाजले ओभरसुट गरेर सम्भावित दुर्घटना टार्न सफल भएको छ । उक्त जहाजले छिन्चुको आकाशमा तीन फन्का लगाएपछि अहिले सुर्खेत विमानस्थलमै अवतरण गरेको छ।

ओभरसुट गरेर सम्भावित संकट टारेको जहाज सकुशल अवतरण भएपछि यात्रुले राहतको श्वास फेरेका छन् । अहिले उक्त जहाज सुर्खेतबाट काठमाडौंका लागि उडिसकेको छ