श्रद्धाञ्जलीका लागि पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई सानेपामा राखियो

श्रद्धाञ्जलीका लागि पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई सानेपामा राखियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ।

सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले सिंहको पार्थिव शरीर माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन्। त्यस्तै गृहमन्त्री रमेश लेखक, स्वास्थ्य मन्त्री प्रदीप पौडेल,एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन्।

यसअघि उनको पार्थिव शरीर चाक्सीबारीमा राखिएको थियो। पिएल सिंहकै पालामा काठमाडौं नगरपालिका काठमाडौं महानगरपालिकामा रूपान्तरण भएको थियो। प्रजातन्त्र पुनस्प्राप्ति पछि २०४९ सालमा भएको स्थानीय निकाय चुनावबाट सिंह काठमाडौंको मेयर निर्वाचित भएका थिए।

८८ वर्षीय सिंह लामो समयदेखि बिरामी थिए। अल्सरलगायत समस्या देखिएपछि गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो। पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरपालिकाले सोमबार महानगरभर शोक बिदा दिएको छ।