काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले कृषिमा आश्रित जनजीवनमा यो दिनको ठूलो महत्त्व रहेको बताएका छन्। ‘आज धान्य पूर्णिमाको दिन। पुरानो कृषि युगमा यस दिनको ठूलो महत्त्व छ’, उनले लेखेका छन्, ‘असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो।’
ओलीले पूर्वी पहाडमा जाडो छल्न उभो लेकबाट बेसी (उधो) झर्ने दिनका रूपमा आज उधौली पर्व मनाइने प्रचलन रहेको बताएका छन्।