दार्चुलामा वर्षासँगै हिमपात, जनजीवन प्रभावित

दार्चुलामा वर्षासँगै हिमपात, जनजीवन प्रभावित

दार्चुला । दार्चुलामा गएरातिदेखि वर्षासँगै हिमपात भएको छ। मौसम बदली भएर वर्षाभएसँगै लेकाली भेगमा हिमपात शुरु भएको हो।

मालिकार्जुन  गाउँपालिकाको  बालशिखर , ब्यास गाउँपालिकाको छाङ्रु, तिङर अपि हिमालमा गाउँ पालिकामा पनि  हिमपात भएको छ।  त्यस्तै शैल्य शिखर नगरपालिकाको बरमुणे, नौगाड गाउँपालिकाको  ईयरकोटमा हिमपात भएको नौगाडका स्थानीय ईश्वर सिंह ठगुन्नाले बताए। उन्ले भने, 'उच्च पहाडी क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा  सेताम्मे भएका छन्।'
    
वर्षासँगै हिमपात भएपछि कृषक खुशी भएका छन्। गहुँ बालीमा पानी नपरेर सुक्न थालेका बेलामा वर्षा आएपछि किसानलाई राहत पुगेको किसान सेर सिंह रावतको भनाइ छ। 
जिल्ला अस्पताल दार्चुलाका अनुसार यो वर्ष निकै चिसो हुने सम्भावना रहेकाले न्यानो लुगा लगाउने, गेडागुडीको रस खाने ,तातो चिज बढी खाने  र बुढापाखाहरूलाई बाहिर न आउन आग्रह गरेको छ।