काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज वीरगन्ज लगिने भएको छ ।
वीरगन्जको सानो पाइला सहकारीको बचत अपचलनको आरोपमा बयानका लागि लामिछानेलाई लैजान लागिएको हो ।
कास्की प्रहरीको हिरासतमा पोखरामा रहेका लामिछानेलाई जहाजमार्फत् काठमाडौं ल्याएर यहाँबाट पुनः जहाजबाटै सिमरामा लगिने छ । त्यहाँबाट भने गाडि मै राखेर उनलाई वीरगन्ज लगिने भएको हो ।
वीरगन्जमा जिल्ला सरकारी वकिलको कार्यालयको रोहवरमा बयान लिएपछि लामिछानेलाई पुनः पोखरा पठाइने छ ।