काठमाडौं। अहिले हरेकको हातमा मोबाइल फोन हुन्छ । कलिला बालबालिकादेखी वृद्ध उमेरका मानिसहरु सबैले मोबाइल चलाउँछन् । बिहान उठेदेखि रातमा ननिदाउन्जेल हामी मोबाइल चलाउन व्यस्त हुन्छौँ । कतिपयले रातिको समयमा पनि मोबाइल सिरानीमुनि राखेर सुत्ने गर्छन् ।
यो स्वास्थ्यको दृष्टिकोणले निकै गलत रहेको चिकित्सकहरु बताउँछन् । धेरैजसो मानिस राति सुत्दा आफ्नो मोबाइल फोन नजिकै राख्न रुचाउँछन् । प्राय मानिस राती अबेरसम्म फोन प्रयोग गर्छन् र त्यसपछि नजिकै राखेर सुत्छन् । कतिपयले भने अलार्मको कारण पनि फोन नजिक राख्ने गर्छन् ।
तर तपाईंलाई थाहा छ मोबाइल नजिक राख्दाको असर स्वास्थ्यका लागि कति खतरनाक हुन सक्छ ? धेरैलाई बिहानै टाउको दुख्ने, आँखा दुख्ने समस्या हुन सक्छ । तर मोबाइल फोनको कारणले हो भनेर थाहा हुँदैन । फोन छेउमा राखेर सुत्दा कस्तो हानी हुन सक्छ ? सुत्दा मोबाइल फोन कति टाढा हुनुपर्छ ? राति फोन प्रयोग गर्ने लत कसरी छोड्ने भनेर विश्व स्वास्थ्य संगठनले के भनेको छ त ? आज जानकारी लिनुहोस् ।
मोबाईल फोन सिरानीमुनि राखेरा असरहरु
मोबाइल फोनमा हानिकारक विकिरण हुन्छन् जुन लगातार उत्सर्जित हुन्छन् । यसको प्रभावले टाउको दुख्ने, मांसपेशी दुख्ने र अन्य धेरै स्वास्थ्य सम्बन्धी समस्या हुन सक्छन् । यसले मानिसको मस्तिष्कमा समेत हानी पु¥याउँछ । मोबाइल फोनको विकिरण इरेक्टाइल डिसफङ्शनसँग सम्बन्धित छ ।
फोनबाट निस्कने निलो बत्तीले निद्राको हर्मोनमा असर गर्छ । यसलाई मेलाटोनिक भनिन्छ । यसले बाधा पुर्याउँछ, जसले गर्दा सुत्न समेत गाह्रो हुन्छ । यसकारण मोबाइल फोनलाई आफ्नो ओछ्यानबाट कम्तीमा तीन फिट टाढा राखेर सुत्दा खतरनाक विकिरणबाट बच्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले मोबाइल फोनबाट निस्कने आरएफ विकिरणले मस्तिष्कको क्यान्सर समेत हुन सक्ने चेतावनी दिएको छ । राती फोन सकेसम्म साइलेन्स मोडमा राखेर सुत्ने गर्नुहोस् ।