काठमाडौँमा यो वर्षकै चिसो, कति पुग्यो न्यूनतम तापक्रम ?

काठमाडौँमा यो वर्षकै चिसो, कति पुग्यो न्यूनतम तापक्रम ?

काठमाडौँ । न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहान पौने ९ बजे जारी गरेको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै कम तापक्रम हो । काठमाडौंमा मंगलबार न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रहेको थियो ।

काठमाडौंमा आज बिहान हावाको गति तीन किलोमिटर प्रतिघण्टा रहेको थियो भने आर्द्रता ७५ प्रतिशत रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ५ किलोमिटर रहेको छ भने एक हजार पाँच सय फिटको उचाइमा केही बादल रहेको छ ।

महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम रहेको छ । जुम्लामा आज माइनस ५.५ डिग्री सेल्सियस रहेको छ ।  यसपछिको कम तापक्रम काठमाडौंको हो ।