वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?

वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा गर्न विशेष कार्यक्रमको आयोजना गर्दै अवार्ड वितरण गर्न लागिएको हो ।

 अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् । विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन्। 

फोटो तथा भिडियो  मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागि www.kpa.org.np मा गुगलफर्म भर्नुपर्ने आयोजकले जानकारी दिएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य नेपालका विवाह परम्पराको कला संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मान गर्नु नै रहेको काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए । 

अवार्ड सकिएको भोलिपल्ट नै राष्ट्रिय कला परिषद्, बबरमहलमा फोटो प्रदर्शनी पनि आयोजना गर्न लागिएको घिमिरेले बताए ।