खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौँमा र्‍याली

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौँमा र्‍याली

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै खबरदारी र्‍याली निकालिएको छ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले बिहीबार उपत्यकामा र्‍याली निकालेको हो ।

र्‍यालीमा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झा, अभियन्ता सुमन सायमीलगायत थिए । उनीहरूले ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्‍याली काठमाडौंको माइतीघर मण्डलासम्म पुगेको थियो । सर्वोच्च अदालतले नदी तथा खोला किनारमा थप २० मिटर छोड्नुपर्ने आदेश दिएसँगै सो क्षेत्रका जनता तथा अभियन्ता आन्दोलित छन् ।