दार्चुलामा जिप दुर्घटना: मृत्यु हुनेको संख्या ८ पुग्यो (नामसहित)

दार्चुलामा जिप दुर्घटना: मृत्यु हुनेको संख्या ८ पुग्यो (नामसहित)

दार्चुला । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर–५ लेकगाउँका ३० वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ का ४५ वर्षीय दिलीप बिष्ट, ४५ वर्षीया मिना लेखकको दुर्घटनामा परी मृत्यु भएको छ ।

त्यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको डीएसपी दाहालले बताए । मृतक दुई जना भने भारतीय नागरिक छन्, यूपी (उत्तर प्रदेश) बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको छ ।