यस्ता छन् जिम गर्दा जान्नै पर्ने कुराहरू

यस्ता छन् जिम गर्दा जान्नै पर्ने कुराहरू

शरीर आकर्षक बनाउन र मोटोपन घटाउन हिजोआज जिम गर्ने मानिसहरूको सङ्ख्या निकै बढ्दो छ । के पुरुष, के महिला अचेल सबै जना आकर्षक शरीर बनाउने होडमा जिम जाने गर्छन् ।

जिम सेन्टर गएर बढी तौल उचाल्यो भने शरीर आकर्षक बन्छ भन्ने भ्रम धेरैमा पाइन्छ । तर, जिममा गलत तरिकाले गरिने अभ्यासले  राम्रो प्रतिफल दिँदैन ।

त्यसैले आज हामी तपाईँलाई केही यस्ता सुझावहरू दिन गइरहेका छौँ जसलाई अपनाएर तपाईँले आरामसँग आकर्षक शरीर बनाउन सक्नुहुन्छ ।

जिम गर्दा निम्न कुरामा ध्यान दिनुहोस्:
–  जिममा वर्क आउट गर्नु भन्दा अगाडी कहिले पनि खाली पेट नजानुहोस् । यदि तपाईँ खाली पेटमा जिम जानु भयो भने चक्कर आउन सक्छ । केही यस्तो कुरा खाएर जानुहोस् जुन तपाईँले सजिलै पचाउनु सक्नुहुन्छ ।

–  जिम गर्नु भन्दा अगाडी वार्मअप गर्नु धेरै आवश्यक छ । वार्मअप नगरीकन गह्रौँ र कडा उपकरणहरू उचाल्दा तपाईँलाई खतरा हुन सक्छ ।

जिम गर्नु भन्दा पहिले आफ्नो शरीरलाई तताउन जरुरी छ जसले गर्दा तपाईँलाई घाउ, चोट नलागोस् । वार्मअप गरे पछि तपाईँको शरीर लचिलो हुन्छ जसले गर्दा तपाईँलाई जिम गर्न सजिलो हुन्छ ।

–  कार्डीयो गर्नु भन्दा अगाडी थोरै स्ट्रेचिंग गर्नु पर्नेछ । एकै दिन सबै थोक गर्छु भन्दा शरीरमा तागत बच्दैन त्यसैले जिमको पहिलो दिन तपाईँले बिस्तारै एक पछि अर्को अभ्यास गर्नु राम्रो हुन्छ ।

–  जिमको पहिलो दिन धेरै तौल नउठाउनुहोस् जसको कारणले गर्दा तपाईँको मांसपेशीमा असर गर्न सक्छ । जिममा तौल उठाउने मात्रै नभई कहिलेकाहीँ तपाईँले साइक्लिङ गरेमा पनि यसले राम्रो फाइदा दिन्छ ।

– तपाईँले जिम गर्दा सुरुसुरुमा हेभी वर्क आउट गर्नु हुन्न । सुरुवाती समयमा धेरै मिहिनेत गर्नु आवश्यक हुँदैन । यदि तपाईँले शुरुमै धेरै मिहेनत गर्नु भयो भने तपाईँको शरीर लखतरान हुन्छ । जिमको शुरुवाती दिनमा आफ्नो ऊर्जा चलाख तरीकाले उपयोग गर्नुहोस् ।