बिहान ढिलासम्म सुत्ने बानी हटाउनुहोस्, लाग्न सक्छ यस्ता रोगहरू

बिहान ढिलासम्म सुत्ने बानी हटाउनुहोस्, लाग्न सक्छ यस्ता रोगहरू

काठमाडाैं।  निन्द्रा सबैलाई प्रिय लाग्छ । स्वस्थ रहनको लागी आठ घण्टा निन्द्रा   हामीलाई आवश्यक छ । तर हामी सकभर समय भएसम्म बढी समय नै  सुत्न खोज्छौ ।

यदि बिहान कलेज,अफिस जाने काम छैन भने हामी ८–९ बजेसम्मै सुत्छौ अर्थात् बिहान ढिलो उठ्छौ । सुत्दा दिमाग तिखो हुन्छ भने शरीरमा दिनभरि काम गर्नका लागि ऊर्जावान् राख्छ ।

यति मात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ ।

कतिले भन्ने गरेको पाइन्छ कि जति बिहान हुँदै गयो निन्द्रा अझ मिठो हुँदै जान्छ भनेर । तर त्यही मिठो निन्द्राले अर्थात् बिहान ढिलो उठ्ने बानीले ज्यानै समेत लिन सक्ने चिकित्सकहरू बताउँछन् । 

यस्ता छन् धेरै सुत्नुका केही स्वास्थ्य असरहरू

–डिप्रेसन 

धेरै बेरसम्म सुत्दा दिमागमा डोपामाइन र सेरोटोनिनको स्तर कम हुन्छ । यसले तपाईँको मुडलाई परिवर्तन गरिरहन्छ र दिनदिनै तपाईँ रिसाहा हुनुहुनेछ ।

–मुटुरोग

तपाईँ जति ढिलासम्म सुत्नुहुन्छ त्यसको सिधा असर मुटुमा पर्ने गर्दछ । यसले मुटुरोग हुने खतरा अत्यधिक हुन्छ ।

–मोटोपना बढ्नेछ

मोटोपना र धेरै समयसम्म सुत्नुका बिच सम्बन्ध छ । यदि तपाईँ लामो समयसम्म सुत्नुहुन्छ भने तपाईँको शरीर रेस्ट मोडमा हुन्छ । कम शारीरिक गतिविधिको अर्थ तपाईँको शरीरको क्यालोरी कम बर्न हुनु जसले तौल बढाउने कार्य गर्दछ । एक अध्ययनका अनुसार धेरै बेरसम्म सुत्ने मानिसहरू मनोवैज्ञानिक रोगी र उच्च बडी मास इन्डेक्सले ग्रस्त हुन्छन् ।

–मधुमेहको खतरा

अत्यधिक निन्द्राले शरीरमा सुगरको स्तरलाई बढाउने काम गर्दछ । त्यसकारण अत्यधिक निन्द्राले तपाईँलाई टाइप टु मधुमेहको खतरा बढाउँछ ।

–कब्जियतको समस्या

जो मानिस धेरै बेरसम्म सुत्छ उनीहरूलाई कब्जियतको समस्या हुन्छ । पेट ठिक राख्नका लागि आफ्नो शरीरलाई चलाइराख्नुपर्छ ।

–अकालमा मृत्यु

धेरै बेरसम्म सुत्दा तपाईँको अकाल मृत्यु पनि हुनसक्छ । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । कम सुत्ने मानिसहरूभन्दा धेरै सुत्ने मानिसहरूको चाँडै मृत्यु हुन्छ । ८ घण्टाको निन्द्रा हरेक मानिसका लागि पर्याप्त छ ।

–टाउको दुखाई

धेरै बेरसम्म सुत्दा उपहारमा तपाईँले टाउको दुखाई पाउनुहुनेछ । यो दिमागमा न्यूरोट्रान्समिटरमा उतारचढावको कारण हुनसक्छ जसमा निन्द्राको क्रममा सिरोटोनिन बढाउन सक्छ र यसले टाउको दुख्ने समस्या निम्त्याउँछ ।

–ढाड दुख्ने

जब हामी अबेरसम्म सुत्छौँ तब हाम्रो ढाड दुख्ने गर्दछ किनभने धेरै बेरसम्म सुत्दा हाम्रो पिठ्युँ जकडिएको हुन्छ जसका कारण पीडा हुन्छ । धेरै बेरसम्म सुत्दा शरीरमा रक्तसंचार सही तरिकाले हुन पाउँदैन त्यसकारण चाँडोभन्दा चाँडो बेड छोड्नु नै उचित हुन्छ ।

–मस्तिष्कलाई बुढो बनाउँछ

अत्यधिक सुत्दा तपाईँको मस्तिष्कको शक्ति प्रभावित हुनसक्छ किनभने  यस्तो बानिले मस्तिष्कको उमेरको हिसाबले तीव्र रूपमा बुढो बनाउने गर्दछ ।

–स्मरण शक्ति कम हुनु

धेरै बेरसम्म सुत्दा यसको गहिरो असर हाम्रो दिमागमा पर्ने गर्दछ । यसले हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ ।