सुर्खेत । सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेको पहिचान खुलेको छैन।
शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रूपेश खड्काले जानकारी दिए।
दुर्घटनालगत्तै घटनास्थल पुगेका खड्कासहितको टोलीले उद्दार गरेर उपचारका लागि पठाइसकिएको छ। केहीको अवस्था गम्भीर केहीको सामान्य रहेको खड्काले बताए। गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काअनुसार दुर्घटनामा परी २५ जना घाईते भएका छन्।
घाइते २५ जनाको उद्दार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्सबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ।