काठमाडौँ । त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय १० घण्टा घटाइएपछि विदेशी वायुसेवा कम्पनीको उडान कटौतीसंगै भाडा पनि दोब्बरभन्दा बढी भएको छ ।
भाडा वृद्धि भएपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् । दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यको हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मार नेपाली श्रमिकमा परेको हो ।
खाडी तथा मलेसियाका लागि सामान्यतः ३० देखि ३५ हजार रुपैयाँमा नियमित टिकट उपलब्ध हुदै आएकोमा अहिले यो टिकटको मूल्य ७० देखि ९० हजार रुपैयाँ रहेको श्रमिकहरूको गुनासो छ । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाई मार्ग हुँदै बिदेसिने गरेका छन् ।।