बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए

बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान हिरासतभित्र मृत भेटिए

दाङ । दाङमा बालिका बलात्कार मुद्दामा पक्राउ परेका एक सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरेका छन् । भालुबाङमा बालिका बलात्कारको अभियोगमा सशस्त्र प्रहरीका रेवन पचभैया मगरपे शुक्रबार पक्राउ परेका थिए । 

आफैँले लगाएको कपडाको पासो बनाई वडा प्रहरी कार्यालयको हिरासतमै झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनी भेटिएको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले जानकारीले दिए ।

प्युठान बडडाडा घर भएका सशस्त्र प्रहरी जवान पचभैयाले गन्जी र टिसर्टको पासो लगाएर हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा बिहान ५ बजे शव फेला परेको थियो । मृत्यु रेवनले बयानमा बालिका बलात्कार गरेको स्वीकार गरेको थिए। उनले आत्मग्लानी समेत गरेको बताएको प्रहरी स्रोतले जनाएको छ ।