काठमाडौं । पर्यटन व्यवसायी वसन्तराज मिश्रको ७२ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा मिश्रको निधन भएको हो ।
मिश्र केही दिनअघि डेंगी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिनेछ ।
आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । पर्यटन विकासमा टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए । मिश्रका श्रीमती र एक छोरा छन् ।