ट्रायल पासपछि लाइसेन्स कार्ड नचाहिने, नागरिक एपमा देखाए पुग्ने

ट्रायल पासपछि लाइसेन्स कार्ड नचाहिने, नागरिक एपमा देखाए पुग्ने

काठमाडौं ।सरकारले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड नबोक्दा पनि हुने व्यवस्था गरेको छ। नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन्। 

ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै हुने भएको छ । लाइसेन्सको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्थासमेत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था मिलाइएको जनाएका छन् ।प्रधानमन्त्रीले फेसबुक पेजमार्फत जानकारी गराउँदै नागरिक एपबाटै लाइसेन्सको काम हुने प्रस्ट पारेका छन् ।