स्वास्थ्य परीक्षणपछि रास्वपा सभापति रवि लामिछाने पोखरा हिरासतमा

स्वास्थ्य परीक्षणपछि रास्वपा सभापति रवि लामिछाने पोखरा हिरासतमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार पोखरा ल्याइएको छ । पोखरा ल्याएलगतै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

स्वास्थ्य परीक्षणपछि लामिछानेलाई करिव पौने तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो । सहकारी ठगी र संगठीत अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रवार जिल्ला अदालत कास्कीको अनुमति लिएर काठमाडौंबाट पक्राउ गरिएको थियो । 

लामिछानेलाई सडक मार्ग हुँदै पोखरा ल्याइएको हो । पोखरा ल्याउने क्रममा रास्वपाका कार्यकताले पृथ्वीराजमार्गको ठाउँ ठाउँमा भेलाभएर नराबाजी गरेका थिए । पोखरा ल्याएपछि पनि जिल्ला प्रहरी कार्यालय अघि रास्वपाका कार्यकताले नाराबाजी गरेका थिए । 

सभापति लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएपछि पार्टीका उच्च तहका नेता पनि पोखरा आएका छन् । पहिलो बरियताका उपाध्यक्ष स्वर्णिम वाग्ले अर्का उपाध्यग डिपी अर्याल लगायतका नेता शनिबार राति नै पोखरा आएका छन् । उपाध्यगा अर्याल र रविकी पत्नी निकिता पौडेल रविसँगै गाडीमा आएका थिए । 

पार्टी सभापति लामिछाने पक्राउको बिरोधमा ११ बजे रास्वपाले पोखराको मानवअधिकार चोकमा बिरोध सभा हुँदै छ । राजनीतिक प्रतिशोध गरेर पार्टी सभापतिलाई सहकारी र संगठीत अपराधमा पक्राउ गरिएकोले जनतालाई यसबारे सचेत गराउन सभा गरिएको रास्वपा गण्डकीका संगठन विभागका सचिव एकराज न्यौपानेले बताए ।